अदालतमा आफैं हाजिर हुने शर्तमा प्रहरीले लगायो रविलाई परिवारको जिम्मा

बिहीबार, पुस २५, २०८१
Honor 600 pro

पोखरा ।  जिल्ला प्रहरी कास्कीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले कास्की अदालतमा ६५ लाख रुपैयाँ धरौटी बुझाएपछि प्रहरीले उनलाई पत्नी निकिता पौडेलको जिम्मा लगाएको हो ।

लामिछाने जिल्ला अदालत काठमाडौंमा आफै हाजिर हुने शर्त राखेपछी प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको हो।

लामिछानेले आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएका थिए ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसहित सूर्यदर्शन सहकारी प्रकरणका अन्य प्रतिवादीलाई  आज धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २३:३२
प्रतिक्रिया दिनुहोस्