लेखा समिति सभापतिका निलम्बित स्वकीय सचिव पोखरेल पक्राउ

बिहीबार, पुस २५, २०८१
Honor 600 pro

विराटनगर । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका निलम्बित स्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले  पक्राउ  गरेको छ।

ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी दिए अनुसार मोरङ प्रहरीले पोखरेललाई विराटनगरमबाट पक्राउ गरेको जानकारी दिएको छ।

पोखरेलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

केही दिनअघि मात्रै सभापति पोखरेलले स्वकीय सचिव पक्राउ पर्ने पक्का भएपछि बर्खास्त गरेका थिए ।जबकि यो घटना पुरानै भए पनि उनले थमौती गरेका थिए । 

प्रहरीले अब उक्त घटनाबारेमा उनीसँग थप अनुसन्धान गर्ने बाटो खुलेको छ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्