अवैध कल सेन्टरमा सीआईबीको छापा, विभिन्न उपकरण सहित ५३ जना पक्राउ

मंगलबार, पुस २३, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरस्थित अवैध कल सेन्टरमा छापा मारेको छ। जिल्लास्थित सातदोबाटोमा रहेको कल सेन्टरमा छापा मार्दै सीआईबीले ५३ जनालाई पक्राउ गरेको छ।

सोमबार  राति छापा मार्दै सीआईबीले उनीहरुलाई पक्राउ गर्दै विभिन्न उपकरण पनि नियन्त्रणमा लिएको जनाएको छ। 

सीआईबीको टोलीले पक्राउ गरेकाहरु मध्येमा तीनजना भारतीय नागरिक पनि रहेका छन् । अरु सबै नेपाली नागरिक हुन् । विशेष सूचना पाएर गएको टोलीले छापा मार्दा त्यस स्थानबाट ८५ वटा ल्यापटपका साथै ८२ थान मोबाइल पनि बरामद गरेको सीआईबीले जानकारी दिएको छ।

उक्त कल सेन्टरमा कल सेन्टरका साथै अनलाइन जुवा र अन्य अवैध कार्य गर्दै बताइएको छ। सीआईबीले आज पक्राउ परेका सबैको म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने जानकारी दिएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्