साढु दाइको घरमा गएका साढु भाइ मृत भेटिए

बिहीबार, पुस १८, २०८१
Honor 600 pro

कैलाली कैलालीको घोडाघोडीमा साढु दाइको घरमा गएका साढु भाइ मृत फेला परेका छन् ।

जिल्लास्थित घोडाघोडी नगरपालिका-७ परैचाका ४८ वर्षीय सोमन चौधरी आज बिहान साढु दाइको घरमा मृत फेला परेको कैलाली प्रहरीले जानकारी दिएको छ।

बुधबार राति साढु दाइ नाता पर्ने बुधराम चौधरीको घरमा गएका सोमन आज बिहान घरभित्र सुतेकै अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कैलाली प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गर्दै बुधराम परिवारसँग सोधपुछ गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह