कांग्रेसलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउन जरुरी छ: गगन थापा

बुधबार, पुस १७, २०८१

चितवन । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन्।

Honor x7 pad

प्राडा यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्राडा यज्ञप्रसाद अधिकारी” नामक पुस्तकको आज यहाँ विमोचनपछि सम्बोधन गर्दै उनले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताएका हुन् । 

उनले भने, “जीवनभर कांग्रेसमा काम गरेका नेताहरूको आशिर्वाद लिँदै सामाजिक क्षेत्रमा लाग्नुपर्ने समय आएको छ ।” कांग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा  युवापुस्ताको आकर्षण बढ्ने उनले बताए । उनले थपे, “पार्टी संरचनालाई सत्तासँग जसरी जोडेका छौँ त्यसरी नै समाजमा फर्काउन आवश्यक छ ।”

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरूराज घिमिरेले प्रा डा अधिकारीले जीवनमा देश र पार्टीका लागि पु९याउनु भएको योगदानको चर्चा गरे । सो अवसरमा अधिकारीका भाइ प्रकाश अधिकारीले आफ्नो दाजुले लोकतान्त्रिक समाजवादका लागि प्राज्ञिक क्षेत्रबाट पुर्याएको योगदान र उनको जीवनीका बारेमा जानकारी गराए । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्