बसले किच्दा सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु

बुधबार, पुस १७, २०८१
honor mob  winter sales

सर्लाही ।सर्लाहीमा बसले थिचेर सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ।

Honor x7 pad

तीव्रगतिमा रहेको यात्रुवाहक बसले बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका इन्सपेक्टर विजयकुमार तुलाधरलाई थिच्दा उनको मृत्यु भएको छ।

गए राति बागमती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए ।

उक्त बस बोओपीकै गेट अगाडि पल्टिएको थियो। प्रहरीले घटनास्थलबाट बस र चालकलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्