पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढ्यो

मंगलबार, पुस १६, २०८१

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट भाउ बढाएर पठाएसँगै नेपालमा भाउ बढेको निगमले जनाएको छ । 

जसअनुसार पेट्रोलमा प्रतिलिटर १ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।एलपी ग्यासको भाउ भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । 

विज्ञप्तिमा मट्टितेलबारे उल्लेख नभए पनि डिजेलको जत्ति नै भाउ बढाइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्