भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

शुक्रबार, पुस १२, २०८१
Honor 600 pro

नयाँदिल्ली । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । उनको गएराति ९२ वर्षको उमेरमा निधन भएको हो । उनले एम्स अस्पतालमा स्थानीय समयअनुसार राति ९ः५१ बजे अन्तिम स्वास लिएका थिए । 

कांग्रेस आइका नेता शशि थरुरले शुरुआतमा यस बारेमा औपचारिक जानकारी दिँदै भनेका छन्, ‘‘यो धेरै दुःखको कुरा हो। उहाँ देशको सेवा गर्ने महान्  प्रधानमन्त्री हुनुहुन्थ्यो। हामी हाम्रा सबै कार्यक्रम रद्द गरेर दिल्ली फर्कदैछौं ।’

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिंहको निधन प्रति दुःख ब्यक्त गरेका छन् ।  ‘डा मनमोहन सिंह जी र म गुजरातको मुख्यमन्त्री हुँदा नियमित कुराकानी गर्थ्यौं। हामी सुशासनसँग सम्बन्धित विभिन्न विषयमा गहिरो छलफल गर्थ्यौं। उहाँको बुद्धिमत्ता र नम्रता सधैं देखिने थियो। दुखको यस घडीमा डा मनमोहन सिंहजीको परिवार, उहाँका साथीहरू र अनगिन्ती प्रशंसकहरूसँग मेरो समवेदना छ। ओम शान्ति ।’

विपक्षी दल कांग्रेस नेता राहुल गान्धीले आफूले गुरु गुमाएको बताएका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्