भीम रावल नेकपा एमालेबाट निष्काशित

बुधबार, पुस १०, २०८१

काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावललाई एमालेले अन्तत: पार्टीबाट निष्काशन गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावललाईलाई सङ्गठित सदस्यबाट हटाएको हो ।

Honor x7 pad

एमालेले पूर्व उपाध्यक्ष रावललाई कात्तिक ६ गते एमालेलाई व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

मालेको महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएर चुनाव लडेदेखि नै डा. भीमबहादुर रावल ओलीका अगाडि आँखी बन्दै आइरहेका थिए । 

“अभिव्यक्ति पार्टीलाई बलियो बनाउनेभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएकाले उहाँलाई सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको छ,” उपमहासचिव प्रदीप ज्ञवालीले भने।उनलाई प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारसमेत नबनाएर सुदूरपश्चिम एमालेका खम्बा रावलमाथि एमालेले ठूलै अपमान गर्दै आएको थियो ।

साथै एमालेले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्