कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको उपप्रधानमन्त्री सिंहको जिकिर

आइतबार, मंसिर ३०, २०८१
Honor 600 pro

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको बताए । उनले इतिहास बोकेको पार्टीको महत्वको बारेमा ख्याल राखेर अघि बढ्न पार्टीका नेतारकार्यकर्तालाई निर्देशन दिए । 

उनले नेपाली कांग्रेसल जनतालाई अधिकार दिलाउन नेपालमा अग्रणी भुमिका खेल्ने पार्टी भएको उल्लेख गर्दै अरू पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली कांग्रेसप्रति आशाको रूपमा हेर्ने गरेको बताए । 

उनले भने, ‘हामी नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्य हो । क्रियाशील सदस्य भएपछि नेपाली कांग्रेस पार्टी इतिहास बोकेको पार्टी हो । यो पार्टीको महत्वको बारेमा हामीले अलि ख्याल राख्नुपर्‍यो । जनतालाई अधिकार दिलाउन त्यो आइडिया नेपालमा बीजारोपण मात्रै होइन, बीजारोपण गरेर त्यसका लागि लडेको पार्टी भएर नेपाली कांग्रेस पाल्टिकली अधिकार दिलाउनमा अरू पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली कांग्रेसप्रति आशाको रूपमा हेर्छन् भन्ने कुरा बिर्सिनु हुँदैन ।’

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्