धरौटी बुझाउने बित्तिकै फेरि पक्राउ परे दुर्गा प्रसाईं

बिहीबार, मंसिर २७, २०८१
Honor 600 pro

काठमाडौं । दुर्गा प्रसाई धरौटी बुझाएर रिहा भए लगत्तै फेरि पक्राउ परेका छन् । उनलाई  नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले फेरि जिल्ला अदालत काठमाडौं परिसरबाट पक्राउ गरेको हो। 

आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको सीआईबीले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए । धरौटी बुझाउनसाथ उनी फेरि पक्राउ परेका हुन् ।

 मेडिकल व्यवसायी प्रसाईलाई न्यायाधीश विश्नु प्रसाद अवस्थीको इजलासले आज ४० हजार रुपैयाँ  धरौटीमा रिहा गर्न आदेश दिएको थियो

साइबर अपराधको मुद्दामा अदालतले प्रसाईलाई थुनछेक बहसपछी धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्