जाजरकोट जीप दुर्घटनामा ५ जनाको मृत्यु

बिहीबार, मंसिर २७, २०८१
Honor 600 pro

जाजरकोट । जाजरकोटमा भएको जीप दुर्घटना ५ जनाको मृत्यु भएको छ। 

नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जीप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

 प्रहरीका अनुसार  दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोका रहेका छन् ।दुर्घटनामा २ जना घाइते भएका छन्।

गए राति डबल क्याप बोलेरो जीप ब्रेक फेल भएपछि सडकबाट करिब ८ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह