प्रचण्डले भने- रवि लामिछानेमाथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोकियोस

सोमबार, मंसिर २४, २०८१
Honor 600 pro

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तय्हा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन्। 

सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेमाथि सरकारले गरेको अलोकतान्त्रिक, निरङ्कुश तथा प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न प्रचण्डले आग्रह गरेका छन् । 

प्रचण्डले आज सामाजिक सन्जालमा लेखेका छन् -"अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।"

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्