सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सुर्खेत । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकै भएपनि कानुनी दायरामा ल्याउने बताएका छन् ।
आजदेखि वीरेन्द्रनगरमा सुरु भएको प्रदेशस्तरीय सम्मेलनमा गृहमन्त्री लेखकले अपराध गर्ने ठुलोबडालाई उन्मुक्ति दिने र सानोलाई विभेद गर्ने काम नगर्न सुरक्षा निकायलाई निर्देशन दिँदै अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउनुपर्ने भन्दै निर्देशन दिएका हुन् । गृहमन्त्री लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि किसिमका सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् ।
यस्तै गृहमन्त्रीले सुरक्षा निकायलाई निर्देशन दिंदै जनताका गुनासा र समस्यालाई सक्दो सम्बोधन गर्नुपर्ने बताए।