कैलालीबाट १ करोड बढीको सुन,चाँदी र नगदसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

आइतबार, मंसिर २३, २०८१
Honor 600 pro

कैलाली । सशस्त्र प्रहरीले १ करोड रुपैयाँ बढीको सुम, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले कैलालीको भजनी नगरपालिका-५ कौवाखेडाबाट करोड रुपैयाँ बढीको सुनसहितका गहनासहित शनिबार साँझ पक्राउ गरेको वैद्यनाथ बाहिनी सुदूरपश्चिमले जानकारी दिएको छ।

सशस्त्र प्रहरी वैद्यनाथ बाहिनीका अनुसार पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर -१ का ३१ वर्षीय हर्कबहादुर बिक, सुर्खेतको चौकुने गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार रहेका छन् । 

उक्त १ करोड रुपैयाँ बढीको सुन , चाँदी र नगद बोकेर भारतबाट नेपाल आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बिओपी पगियापसराले पक्राउ गरेको हो।

सशस्त्र प्रहरी वैद्यनाथ बाहिनीले दिएको जानकारी अनुसार पक्राउ परेका उनीहरुसँग ८० लाख ७९ हजार ५६१ रुपैयाँको सुन, १५ लाख २८ हजार ४६० रुपैयाँँको ८ किलो ९१४ ग्राम चाँदी , भारतीय ६ लाख ११ हजार ६२५ रुपैयाँ,४ वटा मोबाइल फोन र चाँदीका लेप लगाएका भाँडासहित पक्राउ गरिएको हो।

यस बारेमा सशस्त्र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्