किन बहिष्कार गरे शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन?

शुक्रबार, मंसिर २१, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा।.शेखर कोइरालाले कोशी प्रदेशको सम्मेलन बहिष्कार गरेका छन् । शनिबार विराटनगरमा हुन लागेको प्रदेश सम्मेलन छोडेर कोइराला चितवन जाने तय भएको छ। 

Honor x7 pad

कोइराला शनिबार चितवनका कांग्रेस नेता उद्धव लोहनीका बुवा स्व टेकबहादुर लोहनी र केन्द्रीय सदस्य दिनेश कोइरालाका बुवा स्व भीष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुने तय भएको उनको सचिवालयले जनाएको छ ।

महामन्त्री गगनकुमार थापालगायत नेता विराटनगर गइसकेका छन् । सभापति शेरबहादुर देउवा प्रदेश सम्मेलनको मुख्य अतिथि रहेका छन्।

देउवापछि मञ्चमा दोस्रो वरीयता खोजिरहेका कोइरालाले आफ्नै गृहनगर तथा प्रदेशमा हुन लागेको सम्मेलन बहिस्कार गरेका हुन् ।

कोइरालाले उक्त सम्मेलनमा देउवापछि आफूलाई दोस्रो वरीयता मागिरहेका थिए। तर मर्यादा क्रममा उनलाई दोस्रो वरीयता नदिइने भएपछि बहिस्कार गरेको बताइएको छ ।

केन्द्रीय वरीयतामा सभापति देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो स्थानमा छन् । कोइराला वरीयतामा २० नम्बरमा छन्।

१४औँ महाधिवेशनमा देउवालाई कडा टक्कर दिँदै ४० प्रतिशत मत ल्याएका कोइरालाले वरीयतामा पहिलेदेखि नै चित्त दुखाउँदै आएका छन्।

केन्द्रको निर्देशन अवज्ञा गर्दै डाकेका थिए नगर सभापतिहरुको भेला

त्यसो त डा शेखर कोइरालाले केन्द्रको निर्देशन विपरीत नगर सभापतिहरुको भेला सम्पन्न गरेका छन् । उनी पक्षीय पालिकाले कोशीका १३७ मध्ये ११३ पालिकाका सभापति सहभागी भएर तीन दिन भव्यपूर्वक नगर सभापतिहरुको भेला गरेको हो । 

यो भेला नगर्न केन्द्रले पत्रसमेत पठाएको थियो । तर यसलाई लत्याएर कार्यक्रम आयोजना गरिएको थियो । 

विधान विपरीत उनले सम्मेलन आयोजना गरेपछि केन्द्रीय नेताहरु रुष्ट रहेका छन् । त्यतिमात्र होइन उनले सोही भेलामार्फत १५ औँ महाधिवेशनको सभापतिको उम्मेदवारी घोषणा गर्नेसमेत तयारी गरेका थिए । 

जबकि महाधिवेशन कहिले हुन्छ भन्नेसमेत यकिन छैन । 

उनले आफ्नो भेलामा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अपमान गर्नसमेत सहभागीहरुलाई लगाएको आरोप लागेको छ ।जबकि उनकै खेमाबाट गगन थापा महामन्त्री भएका थिए भने विश्वप्रकाशलाई उनकै खेमाका महाधिवेशन प्रतिनिधिले मत हालेका थिए । 

यसबाट कतै शेखर उल्टो धारमा त बग्दै छैनन् रु भन्ने प्रश्नसमेत खडा भएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २२:३३
प्रतिक्रिया दिनुहोस्