भुटानी राजा काठमाडौंमा

शुक्रबार, मंसिर २१, २०८१

काठमाडौँ । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन्। 

Honor x7 pad

उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्। 

भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । 

भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँमा आएका हुन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्