एमाले महासचिव पोखरेल र कांग्रेस नेता गिरीबीच समग्र दाङको विकासका लागि छलफल

मंगलबार, मंसिर १८, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक गिरीबीच घनीभूत छलफल भएको छ । 

Honor x5c

काठमाडौंस्थित महासचिव पोखरेल निवासमा आज  दुई नेताबीच भएको छलफलमा दाङको द्रुत रूपमा बृहत्तर विकास गर्नु पर्ने सन्दर्भमा छलफल भएको गिरीका सवकीय सचिव युवराज डिसीले जानकारी दिएका छन् ।

दुई नेताबीच दाङको तुल्सीपुरस्थित टरीगाउँ विमानस्थलको स्तरोन्नति,लमही- घोराही तुलसीपुर चार लेन सडक निर्माण, राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान स्तरोन्नति, लुम्बिनी प्रादेशिक अस्पताल तुल्सीपुर स्तरोन्नति, कोईलावास नाका सन्चालन लगायतका विषयमा छलफल भएको डिसीले बताए।

पोखरेल एमाले महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री र गिरी पूर्व सिंचाइ मन्त्री हुन् । पोखरेलको दाङको  निर्वाचन क्षेत्र २ र गिरीको क्षेत्र नम्बर ३ हो।

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्