पत्रकार महासंघको निर्वाचनको कार्यतालिका सार्वजनिक

मंगलबार, मंसिर १८, २०८१
Honor 600 pro

काठमाडौं । यही मंसिर २८ हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। 

पत्रकार महासंघले सार्वजनिक गरेको कार्यतालिकामा  मंसिर  २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता गरिने छ। मंसिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने र २८ मंसिरको बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने भएको छ । 

त्यसैगरी, प्रदेश समितिको मनोनयन भने मंसिर २४ गते , जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन पत्रकार महासंघले निर्वाचन समितिलाई जानकारी गराएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्