प्रधानमन्त्री ओली चीन प्रस्थान

सोमबार, मंसिर १७, २०८१

काठमाडौं । चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली  चीन प्रस्थान गरेका छन्।

Honor x7 pad

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान  ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट  चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ ।

भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।

मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन हुनेछ । सोही दिन सङ्ग्रहालय भ्रमण रहेको छ । प्रधानमन्त्री ओली मंसिर २० गते साढे २ बजे स्वदेश फर्कने छन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी छन्।उनको टोली साँझ ६ बजेर १० मिनेटमा बेइजिङ पुग्ने छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्