सशस्त्र प्रहरीले गर्‍यो भारतीय नागरिकको जिवितै उद्धार

आइतबार, मंसिर १६, २०८१
Honor 600 pro

बारा। सशस्त्र प्रहरीले आत्महत्या गर्ने उदेश्यले झुण्डिदै गरेको अवस्थामा एक भारतीय नागरिकको जिवितै उद्धार गरेको छ।

सशस्त्र प्रहरी बल नं.१२ गण बारा र प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाको टोलीले शनिबार राति पानीको ट्याङ्कीमा डोरीको पासो लगाएर झुण्डिएका ४० वर्षीय भारतीय पुरुषलाई जिवितै उद्धार गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीले ती भारतीय नागरिकलाई बाराको कलैयाउपमहानगरपालिका-१३ बलिरामपुरस्थित पानी  ट्याङ्कीमा पासो लगाएर झुण्डिएको अवस्थामा उद्धार गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्