पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

शनिबार, मंसिर १५, २०८१
honor mob  winter sales

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको भाउ बढाएको छ । 

Honor x7 pad

इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ दरअनुसार निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर १५ अमेरिकी डलर बढाएको छ। 

पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। 

साथै एलपीजी ग्यास प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले बढेर आए पनि उपभोक्ताको हितका लागि भन्दै पुरानै दर राखिएको छ । 

त्यस्तै मट्टितेलको भाउ पनि १ रुपैयाँ ७४ पैसा बढेर आए पनि साविककै बनाइएको छ । डिजेलमा प्रतिलिटर १८ पैसा घटेर आए पनि निगमले यथास्थितिमा राखेको छ । 

नयाँ दर शनिबार राति १२ बजेर १ मिनेटदेखि लागू हुनेछ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्