मधेसका गृहमन्त्रीलाई 'तह लगाउने' अपराधिक समूहको धम्की

शुक्रबार, मंसिर १४, २०८१
Honor 600 pro

जनकपुर । मधेस प्रदेशका गृह,मन्त्री राजकुमार लेखीलाई अपराधिक समूहले धम्की  दिएको छ। मधेस सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री लेखीले आफू नै असुरक्षित भएको बताएका छन्। 

गृहमन्त्री लेखी स्वयं असुरक्षित रहेको विषयको पुष्टि गृह, सञ्चार तथा कानून मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले आफैँ पुष्टि गरे । 

मन्त्री लेखीले आफूलाई आर्थिक सहायताको नाममा जयकृष्ण गोइतले धम्की दिएको बताए । आफूलाई केही दिन अगाडी आर्थिक सहयोगका लागि गोइतले फोन गरी धम्की दिएको मन्त्री लेखीले बताए । 

उनले भने, ‘जयकृष्ण गोइतको नाम सुन्नुभएको होला केही वर्ष अगाडीसम्म जनतान्त्रिक तराई मुक्ति मोर्चाको हिंसा गर्थे उनले नै मलाई आर्थिक सहयोगको नाममा धम्की दिए । गोइतले मलाई तपाईँ मन्त्री हुनुहुन्छ श्रोत साधन छ, आर्थिक सहयोग गर्नुस्, नभए कसरी दिनुहुन्छ मलाई थाहा छ भन्दै धम्की दिए ।’

यसबारेमा मन्त्री लेखीले मुख्यमन्त्री र प्रहरीलाई जानकारी गराइसकेको र आफूलाई जस्तै अन्य मन्त्रीहरूलाई पनि पैसाका लागि सोही समूहले धम्की आउने गरेको कुरा मैले प्रहरीबाट जानकारी पाएको उनले बताए।

अहिले उक्त समूह भारतमा लुकिछिपी बस्दै आएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्