एकैदिन १५ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार, मंसिर १०, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ। आज  सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १५ हजार ९ सय रूपैयाँ घटेको हो।

Honor x7 pad

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो। सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो।

सुन आयातमा सरकारले २० प्रतिशत कर लिदै आएको थियो। मन्त्रिपरिषद्को बैठकले १० प्रतिशत विन्दुले भन्सार दर घटाएर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको हो।

त्यसैगरी, सरकारले चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्