उमेश श्रेष्ठ कांग्रेस कोषाध्यक्षमा नियुक्त

आइतबार, मंसिर ९, २०८१
Honor 600 pro

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले श्रेष्ठलई कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।

देउवाले पार्टीको विधान, २०१७ ९संशोधन सहित० को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बतए। 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्