काठमाडौं महानगरले नेकपा एमालेलाई गर्‍यो १ लाख रुपैयाँ जरिवाना

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नेकपा एमालेलाई  १ लाख रुपैयाँ जरिवाना गरेको छ।

Honor x7 pad

आज काठमाडौंको दरबारमार्गमा कार्यक्रम आयोजना गरेर जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रूपैयाँ जरिवाना गरेको हो।

नेकपा एमालेले आज  काठमाडौं महागरपालिका-१  दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई महानगरले १ लाख रूपैयाँ जरिवाना गरेको हो।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्