सशस्त्र प्रहरी असई थमन हत्या प्रकरणका अभियुक्त देवेन्द्र जेल चलान

शुक्रबार, मंसिर ७, २०८१
honor mob  winter sales

महोत्तरी । वि.सं.२०७२ भदौ २५ गते भएको सशस्त्र प्रहरीका सशस्त्र प्रहरी सहायक निरीक्षक ९असई० थमन विक हत्या प्रकरणमा प्रहरीले अर्का एक फरार अभियुक्तलाई पक्राउ गरि कारागार पठाएको छ।

Honor x7 pad

कारागार चलान हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका-६ का ५५ वर्षीय देवेन्द्र चौधरी रहेका छन्। चौधरीलाई जिल्ला अदालत महोत्तरीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेपछि बिहीबार देवेन्द्रलाई पक्राउ गरि पुर्पक्षका लागि जलेश्वर कारागार पठाइएको महोत्तरी प्रहरीले जनाएको छ।

प्रहरीले देवेन्द्रलाई जलेश्वर नगरपालिका-१ रामानन्द विशेश्वर क्याम्पस अगाडिबाटपक्राउ गरेको हो।  उनी सोही क्याम्पसका अध्यक्ष हुन् ।

दोस्रो मधेस जनआन्दोलनमा २०७२ भदौ २५ गते घाइते भएका असई विकलाई एम्बुलेन्सबाट बाहिर निकालेर कुटपिट गर्दै हत्या गरिएको थियो। सो घटना सम्बन्धमा जिल्ला अदालत महोत्तरीमा २८ जनाअविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।

उक्त घटनामा महोत्तरी जिल्ला अदालतले लोसपा मधेस प्रदेशका सांसद अभिराम शर्मा लगायत ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। पूर्वप्रदेश सांसद कौशलकुमार यादव सहित १९ जनाको मुद्दा मुल्तवीमा राखिए पनि कौशलकुमार गत असारमा पक्राउ परेका थिए।

असई विक हत्या प्रकरणमा नेकपा एमालेका सांसद लक्ष्मी महतो र मोहन कापरलाई भने अदालतले गत वर्ष सफाइ दिएको थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्