नेपाल एयरलाइन्सले घटायो भाडा

बिहीबार, मंसिर ६, २०८१
honor mob  winter sales

काठमाडौँ । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बुधबारमात्र कडा निर्देशन दिएसँगै विभिन्न अन्तर्राष्ट्रिय उडानमा छुट दिने घोषणा गरेको जानकारी दिएको छ । 

Honor x7 pad

नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दश घण्टा बन्द भएको कारण तत्कालीन अवस्थामा विभिन्न वायुसेवाहरुको हवाई उडानहरु कटौती भएको र सोही समयमा नेपाल गन्तव्य उच्च पर्यटकीय मौसम तथा नेपलीहरुको महान् चाडपर्व समेत परेकोले हवाई भाडादर बढेको भनिएको भए पनि आफ्नो भाडा दर अघिल्लो वर्षको भाडादरको दायरा भित्र नै रहेको दाबी गरेको छ ।

निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाईएमा नियमानुसार कडा कारबाही गर्नको लागि सप्रमाण जानकारी गराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । 

नेपाल एयरलाइन्सले दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सय छुट दिने घोषणा गरेको छ भने दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजारसम्म छुट दिएको जनाएको छ ।

एयरलाइन्सले उपरोक्त छुट जहाजको सिट उपलब्धता अनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने र सो को लागि यात्रु स्वयं परिचय पत्रसहित उपस्थित हुनु पर्ने जानकारी दिएको छ । 

नेपाल एयरलाइन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत २०२४ नोभेम्वर १ देखि २२ तारिख सम्मको अवधिमा सम्वद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनी डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा निगमको काठमाडौँ–दिल्ली–काठमाडौँ सेक्टरको हवाई भाडादरमा ३७ जना अर्वुदरोग भएका बिरामीलाई शतप्रतिशत छुट, ३३ जना निज बिरामीहरुका कुरुवाहरुलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको जानकारी दिएको छ । 

त्यसैगरी २१ जना सरकारी कर्मचारीहरुलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको जानकरी दिएको छ ।यससँगै अन्य एयरलाइन्सहरुलाई पनि दबाब बढेको छ । यद्यपि भाडादर भने घटाएका छैनन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्