दुई थान भरुवा बन्दुकसहित दुई जना शिकारी सशस्त्र प्रहरीको नियन्त्रणमा

बुधबार, मंसिर ५, २०८१
Honor 600 pro

कञ्चनपुर। सशस्त्र प्रहरीले कञ्चनपुरबाट भरुवा बन्दुकसहित दुई जनालाई शिकारीलाई शिकार खेल्न जंगल जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ। 

सशस्त्र प्रहरी बल कञ्चनपुरस्थित खल्लामछेट्टी बिओपीबाट बिओपी प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक भरत कुँवरको कमान्डमा गएक टोलीले भिमदत्त नगरपालिका-९ मछेट्टी कालीगाड खोला किनारबाट दुई जना शिकारीलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका अनुसार मंगलबार राति ११:५० बजे नियमित गस्तीमा गएको नायब निरीक्षक कुँवरको टोलीले पैदल हिंडेर शिकार  गर्न जंगलतर्फ जाँदै गरेको अवस्थामा कालीगाड खोला किनारबाट ती दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै शिकारीलाई बरामद गरिएको दुई थान बन्दुकसहित आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्