कुन कसुरमा सीआईबीले गर्दैछ दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान?

मंगलबार, मंसिर ४, २०८१

काठमाडौं । आज नेपाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विभिन्न कसुरमा मुद्दा चल्न सक्ने बताइएको छ।

Honor x7 pad

सीआईबीले प्रसाईंविरुद्ध साइबर अपराधमा पक्राउ पुर्जी लिएका कारण पहिला साइबर अपराधमा मुद्दा चलाउने तयारी गरेको छ। अनुसन्धानमा अरु प्रमाण फेला अन्य मुद्दामा पनि अनुसन्धान गरिने बताएको छ।

सोमबार मात्रै प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबी गर्दै एक भिडियोसमेत सार्वजनिक गरेका थिए।

उक्त भिडियोमा प्रयोग गरिएको सामग्री नक्कली रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रसाईसँगै फेक भिडियो बनाउने अन्यलाई पनि कानूनी कारबाहीको दायरामा ल्याइने सीआईबीले जानकारी दिएको छ । 

पटकपटक विवादास्पद अभिव्यक्ति दिने प्रसाई यसअघि पनि गत असोज ६ गते पनि पक्राउ परेका उनी  ९ दिन प्रहरी हिरासत बसेर १  लाख धरौटी बुझाएर रिहा भएका थिए । प्रसाईंलाई आज दिउँसो सीआईबीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्