दुर्गा प्रसाईं घरबाटै पक्राउ

मंगलबार, मंसिर ४, २०८१
Honor 600 pro

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट केहीबेर अगाडि पक्राउ गरेको हो। 

सीआईबीले जानकारी दिएअनुसार सामाजिक सन्जालमार्फत् अफवाह फैलाएको बारेमा पक्राउ गरेर सीआईबी कार्यालय ल्याउन लागिएको  छ।

प्रसाईंले फेक डकुमेन्टको सहारामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्