सुदूरपश्चिममा प्रदेशस्तरीय सुरुक्षा गोष्ठी

मंगलबार, मंसिर ४, २०८१
Honor 600 pro

कैलाली । सुदूरपश्चिमको धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ।  

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठी गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सुरु भएको छ।

सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख लगायत सुदूरपश्चिमका सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको छ। 

आज बिहानदेखि सुरु भएको सुरक्षा गोष्ठीमा अन्य सरोकारवाला लगायत सुरक्षासँग सम्बन्धित व्यक्तिहरुको समेत उपस्थिति रहेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्