देशभरका मालपोत कार्यालयले उठाए २ अर्ब ७० करोड बढीको राजस्व

सोमबार, मंसिर ३, २०८१
honor mob  winter sales

काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व संकलन गरेको छ। घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ। 

Honor x7 pad

असोज महिनाको तुलनामा कात्तिकमा राजस्व संकलनमा गिरावट आएको हो। असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजश्व संकलन भएको थियो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो। 

विभागका अनुसार, काठमाडौं उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार आठ सय  रुपैयाँ बराबर राजस्व संकलन गरेको छ। 

मालपोत कार्यालय गोटीखेल ललितपुरले चार लाख ६७ हजार सात सय २०, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व संकलन गरेको छ। विभागका अनुसार मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलंकी मालपोत कार्यालयले  १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले तीन करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व संकलन गरेको छ। 

मुलुकभर एक सय ३३ मालपोत कार्यालय छन्। ती कार्यालयले १७ करोड ७८ लाख ३८ हजार चार सय ६६ बराबरको सेवा कर उठाएको छ। यस्तै, रजिष्ट्रेशन शुल्क एक अर्ब ८२ करोड ९५ लाख ३० हजार एक सय ३१, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार आठ सय २० रुपैयाँ संकलन गरेको छ। 

विभागका अनुसार गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार आठ सय ८५, भदौमा तीन अर्ब नौ करोड दुई लाख ५९ हजार एक सय ५२ रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो। रासस।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्