बागेश्वरीपोष्ट डटकमका प्रधान सम्पादक नवीन गिरीलाई उत्कृष्ट पत्रकारिता सम्मान

शनिबार, मंसिर १, २०८१
Honor 600 pro

नेपालगञ्ज । नेपालगञ्जमा क्रियाशील पत्रकार नवीन गिरी पुरस्कृत भएका छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघले आज आफ्नो ३२ र ३३औं साधारणसभामा गिरीलाई उत्कृष्ट पत्रकारका रुपमा पुरस्कृत गरेको हो ।

पत्रकारिताका माध्यमबाट लामो समयदेखि बाँकेको आर्थिक एवम् सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई नेपालगन्ज उद्योग बाणिज्य संघले उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरिएको महासचिव भिम रानाभाटले बताए । 

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षता एवम् नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला एवम् कानुन मन्त्री आदेशकुमार अग्रवालको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटन शत्रमा मन्त्री अग्रवालले गिरीलाई ११ हजार रुपैयाँसहित माला र दोसल्ला ओढाई सम्मान गरेका थिए । 
 
गिरी रेडियो नेपालका बाँके जिल्ला संवाददाता तथा बागेश्वरी पोष्ट र स्वास्थ्य पेज डटकममा प्रधान सम्पादक छन् । उनी विगत दुई दशकदेखि सञ्चार कर्ममा क्रियाशील छन् । गिरी नेपालगञ्ज उपमहानगरपालिका र नेपाली कांग्रेस बाँकेका प्रेस सल्लाहकार समेत हुन् । गिरी नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव पनि हुन् । 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्