बाँके कांग्रेसले ८१ वडामै पुस १५ गते एकैदिन वडा सम्मेलन गर्दै

मंगलबार, कात्तिक २७, २०८१
Honor 600 pro

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले पुस १५ गते एकै दिन ८१ वटै वडामा वडा सम्मेलन गर्ने भएको छ ।

नेपाली कांग्रेस बाँकेको जिल्ला कार्यसमिति वैठकले तेस्रो वडा सम्मेलन एकै दिन गर्ने निर्णय गरेको हो । जिल्लाले संचालन गरेको चार महिने अभियानका लागि खटिएका जिल्ला प्रतिनिधिले वडा सम्मेलनको संयोजन गर्नेछन् । 

जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा बसेको नियमित वैठकले केन्द्रले संचालन गरेको सय दिने अभियान तथा जिल्लाको चार महिने अभियानलाई थप प्रभावकारी ढंगले संचालन गर्ने निर्णय गरेको सचिव सुधांशु कोइरालाले जानकारी दिए ।

अभियानमा जिल्ला प्रतिनिधिका रुपमा खटाइएका महासमिति तथा महाधिवेशन प्रतिनिधि, पार्टीका नेता, लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य, पार्टीका सल्लाहकारहरु, क्षेत्रीय सभापतिहरुलाई पनि आमन्त्रण गरिएको वैठकमा पार्टी जीवनबारे गहन छलफल गरिएको कोइरालाले बताए । वैठकमा विभिन्न नेताहरुले आ-आफ्नो धारणा राखेका थिए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्