मानव तस्करीमा संलग्न होस् वा सहकारी ठगीमा सबैलाई कारबाही हुनैपर्छ: गगन थापा

शनिबार, कात्तिक २४, २०८१
Honor 600 pro

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस् सबै कानूनी दायरामा आउनुपर्ने बताएका छन् ।

सामाजिक संजालमा लेख्दै महामन्त्री थापाले कानून विपरीत कार्य गर्ने सबै जना कानूनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका हुन् । 

उनले भनेका छन्-'सहकारी प्रकरण होस् कि जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस्, कानुन सबैको लागी बराबर हुनुपर्छ ।

गल्ती गर्नेले सजाय भोग्नुपर्छ । सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।'

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्