त्रिभुवन विमानस्थलबाट ५ किलो सुनसहित तीन विदेशी पक्राउ
काठमाडौं । पाँच किलो बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
मंगलबार साँझ एयर अरेबियाको जहाजबाट काठमाडौं अवतरण गरेका एक चिनियाँ र दुई जना म्यानमारका नागरिकलाई सशस्त्र प्रहरी बल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जना विदेशीसहित बरामद गरिएको पाँच किलो ७ सय ग्राम सुनलाई आबश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमान भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ ०९:५१
प्रतिक्रिया दिनुहोस्