सर्वोच्चले गर्‍यो प्रदेश सांसद दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर

मंगलबार, कात्तिक २०, २०८१
honor mob  winter sales

काठमाडौं । सर्वोच्च अदालतले दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ। 

Honor x7 pad

गण्डकी प्रदेश सांसद दीपक मनाङे उर्फ राजीब गुरुङलाई आज सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगाना र डा.नहकुल सुवेदीको इजलासले २०६१ को घटनामा दोषी ठहर गरेको हो।

न्यायाधीशद्वय सुवेदी र ढुंगानाको इजलासले यसअघिको उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो। उक्त मुद्दामा २०७८ सालमा पाटनले मनाङेलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो। सर्वोच्चले पाटनकै आदेशलाई सदर गर्दै दोषी ठहर गरेको हो।

मिलन चक्रेलाई २०६१ सालमा तरवार आक्रमण गरेको अभियोगमा दीपक मनाङेसहितका अन्य युवाहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्