रवि लामिछानेलाई थप १० दिन प्रहरी हिरासतमा राख्न आदेश

मंगलबार, कात्तिक २०, २०८१
Honor 600 pro

पोखरा । जिल्ला अदालत कास्कीले  रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालतले थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो।

उनको हिरासतमा बस्ने म्याद गत १४ गते बुधबार नै सकिएको थियो । तिहारको सार्वजनिक बिदाका कारण उनको म्याद थप हुन सकेको छैन।

गत कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । ४ गते ६ दिन र त्यसपछि कार्तिक ८ गते कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले अनुमति दिएसँगै रुपन्देही जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । लामिछानेलाई रुपन्देहीमा पनि लगिने भएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्