प्रधानमन्त्री ओली अस्वस्थ, आराम गर्दै बालुवाटारमा

मंगलबार, कात्तिक २०, २०८१
honor mob  winter sales

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । सोमबार बेलुकादेखि ज्वरो आएपछि प्रधानमन्त्री ओली बिरामी परेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Honor x7 pad

प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई अत्यावश्यक बाहेक अरु कामका लागि भेटघाट गर्न नदिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईँले दिएको जानकारी अनुसार ज्वरो आएकाले उनको रगत परीक्षण गर्न ल्याबमा पठाइएको छ।

केहीबेर अघि गृहमन्त्री रमेश लेखक प्रधानमन्त्री ओलीलाई भेटेर फर्किएका छन् ।

 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्