कीर्तिपुरको मेयरका लागि कांग्रेसबाट ११ जनाको नाम सिफारिस

मंगलबार, कात्तिक २०, २०८१
Honor 600 pro

काठमाडौं । रिक्त रहेको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट ११ जनाको नाम सिफारिस भएको छ।

नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले यहीँ मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ११ जनाको नाम क्षेत्रीय समिति मा सिफारिस गरि पठाइएको छ।

उम्मेदवारका लागि सिफारिस हुनेमा पहिलो नम्बरमा नगर सभापति कृष्णमान डंगोल रहेका छन् । दोस्रोदेखि क्रमशः  बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनलाई सिफारिस गरिएको हो।

नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर राजकुमार नकर्मीको गत साउन ११ गते उपचारका क्रममा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्