गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैङ्ककका लागि उड्यो थाई एसिया एयरको जहाज

आइतबार, कात्तिक १८, २०८१
Honor 600 pro

भैरहवा  ।  थाई एसिया एयरलाइन्सले बैङ्कक –भैरहवा–बैङ्क उडान आजदेखि शुरु गरेको छ। आज बिहान ६:५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

“शुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो”, विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, “अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ ।”

थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए । थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुन:उडान  शुरु गर्न अनुमति पाएलगत्तै उडान शुरु भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन ।

भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी शुरुआती भाडादर रु १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७:४० बजे बैङ्कक प्रस्थान गरिसकेको विमानस्थल कार्यालय जनाएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्