कुनै पार्टीसँग तत्काल एकता हुँदैन: नेता नेपाल

सोमबार, कात्तिक १२, २०८१
honor mob  winter sales

कास्की । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले कै परिस्थितिमा नेकपा एमाले र माओवादी केन्द्रसँग एकता असम्भव रहेको बताएका छन् ।

Honor x7 pad

समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले भने, एमालेसँग त कल्पना पनि गरिएको छैन, माओवादी केन्द्रसँग पनि एकता बारे खासै छलफल भएको छैन, तत्कालका लागि मोर्चामार्फत नै अघि बढ्न सकिन्छ ।’

नेकपा एस पार्टी एकताभन्दा संगठन विस्तारमा लागि परेको उनको भनाइ छ ।अध्यक्ष नेपालले पार्टीभित्र विवाद भएको हल्ला गरिए पनि त्यस्तो कुनै विवाद नभएको जिकिर गरे । उनले भने, ‘केही साथीका गुनासा हुन्, भर्खर महाधिवेशन सकिएको अवस्थामा यस्ता गुनासा आउनु कुन नौलो कुरा भयो र ?

अध्यक्ष नेपालले संविधान संशोधन गरेर प्रदेश र स्थानीय सरकारलाई काम दिन आवश्यक रहेको उनले भने ।

संविधान संशोधनको कुरा गफ गरेरमात्र नहुने भन्दै उनले सरकारले अग्रसरता लिएर सबै दललाई एकै ठाउँमा राखेर छलफल गर्नुपर्नेमा जोड दिए ।

आइतबार पार्टीको गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकमा सहभागी भएका अध्यक्ष नेपालले आज कास्की कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्