सशस्त्र प्रहरीद्वारा कपडासहित २० लाखको अवैध सामाग्री बरामद

बुधबार, असोज २३, २०८१
Honor 600 pro

पर्सा । सशस्त्र प्रहरीले पर्साबाट २० लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा लगायत अन्य सामाग्री बरामद गरेको छ। 

पर्साको नगवास्थित नयाँबस्तीबाट सशस्त्र प्रहरीको टोलीले भारतबाट अबैध रुपमा ल्याइएका  विभिन्न किसिमका लत्ताकपडा, कार्पेट लगायतका अवैध सामाग्री  बरामद गरेको जनाएको छ।

आज बिहान सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले बरामद गरेको सबै २० लाखको अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्