वीरगञ्जका मेयरलाई कारबाही गर्न पर्सा कांग्रेसको माग, टायर बालेर प्रदर्शन

बुधबार, असोज २३, २०८१
Honor 600 pro

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका  मेयर राजेशमान सिंहमाथि नेपाली  कांग्रेस पर्साले पनि कारबाही गर्न माग गरेको छ ।  पर्सा कांग्रेस प्रवक्ता रमेश पाण्डेयले विज्ञप्ति जारी गर्दै नगर प्रमुख सिंहमाथि कारबाही गर्न माग गरेका हुन् ।

सोमबार वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौंमा वर्षाको पानी निकाश सम्बन्धमा नगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा नगर प्रहरी समेतको टोली पुगी स्थानियबासी ज्येष्ठ नागरिक नेपाली‌कांग्रेसका नगर वडा कार्य समितिका सभापति एवं पाका नेता शिव ओम लामिछानेमाथि हातपात गरी अभद्र व्यवहार गरिएको, साथै उनको छोरा सुदर्शन लामिछानेलाई नगर प्रहरीले अराजक शैलीमा कुटपिट गरी घाइते बनाएको घटनाप्रति कांग्रेस पर्साले घोर निन्दा गर्नुका साथै खेद प्रकट गरेको छ । 

कांग्रेसले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीय प्रशासनसँग मागसमेत गरेको छ। बिहानैदेखि वीरगञ्जको लाइफ लाइन मानिने वीरगञ्ज सिर्सिया सडक खण्डमा अलौंबासीहरुले टायर बालेर प्रदर्शन गर्दै धर्ना दिएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्