गृहमन्त्रीले गरे ललितपुरको बाढी प्रभावित क्षेत्रको अवलोकन

सोमबार, असोज २१, २०८१
honor mob  winter sales

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । गृहमन्त्री लेखकले ललितपुर जिल्लास्थित बाढी पहिरो प्रभावित गोदावरी, देवीचौर, टिकाभैरव लगायत विभिन्न क्षेत्रको निरीक्षण गरेका हुन् । 

Honor x7 pad

बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिलाई लाभग्राहीहरूको विवरण पठाउन निर्देशन दिए । उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताए । 

सरकारले बाढी पहिरो समस्यालाई गम्भीर रूपमा लिएको भन्दै उनले सकेसम्म छिटो उद्धार, राहत सामग्री वितरण, नागरिकको जनजीवन सहज बनाउने लगायत बसोबास व्यवस्थापनको लागि सरकार लागिपरेको बताए । विपद्मा सबै एकाकार भएर काम गर्नुपर्ने बताए।

निरीक्षणका क्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्षलगायत प्रहरी प्रमुखसहितका अधिकारीहरू सहभागी थिए । 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्