बाढीपहिरो पीडितलाई राहत दिन सरकारले अझै प्रभावकारी ढङ्गले प्रक्रिया अघि बढाउँदै छ: प्रधानमन्त्री

आइतबार, असोज २०, २०८१
honor mob  winter sales

काठमाडौँ । बाढी, पहिरो पीडितलाई राहत दिने कामलाई सरकारले अझै प्रभावकारी ढङ्गले अघि बढाउने  प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाली कांग्रेसले राहत स्वरूप दिएको ५० लाख रुपैयाँ ग्रहण गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। 

Honor x7 pad

विपत्तिको बेलामा सामाजिक सङ्घ, संस्थाहरूले पनि पीडितलागि गरेको सहयोग उत्साहपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरूको राहतको काममा सरकार अझै क्रियाशील भएर लागि पर्ने बताए । उनले विपद्को सामना सबैले मिलेर गर्नुपर्ने उल्लेख गर्दै त्यस काममा केन्द्रित भएर लागेकोमा सबै राजनीतिक दल, व्यक्ति, शक्ति लगायतका सबैप्रति आभार पनि व्यक्त गरे। 

प्रधानमन्त्री ओलीले भने, ‘विपत्तिका बेला सबै पक्षहरू, सबै शक्तिहरू, राष्ट्रिय जीवनका सबै पक्षहरू मिलेर एकताबद्ध भएर जानुपर्दछ । यो साझा विपत्तिको सामना सबैले मिलेर गर्नुपर्छ भन्ने मुख्य भावना र अरू त्यसका लागि के कस्ता कदम चाल्नुपर्छ, के कस्ता नीतिहरू लिनुपर्छ भन्ने समेत ३४ वटा बुँदामा विस्तृत रूपमा प्रस्तुत गर्नुभएको छ सुझावहरू । म नेपाली काँग्रेसका सभापतिज्यूलगायत सबै साथीहरू र सिंगो पार्टीलाई धन्यवाद भन्न चाहन्छु । विपत्तिले हामी सबै उमेर, समूह, जात कसैका पनि छोडेको छैन । यो विपत्ति सबैका लागि समान रूपमा आएको छ । सबैले मिलेर यसको सामना गरौँ । यस काममा नेतृत्व स्वाभाविक रूपमा सरकारले लिनुपर्छ । र सरकारले गरे पनि आएको छ । यसमा रेस्क्यु अपरेसनमा खास गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, असाधारण योगदान रहेको छ । सबैलाई धन्यवाद दिनुपर्छ, जसले आफ्नो आफ्नो ठाउँबाट व्यक्तिहरूले आफ्नो ज्यान जोखिममा राखेर पनि व्यक्तिगत तवरमा पनि काममा लाग्नु भएको छ साथीहरू । कसैले भनेर होइन, लगाएर होइन, आफ्नै हिसाबले पनि गर्नु भएको छ । सङ्घ, संस्थाहरू बैङ्किङ क्षेत्र, अरू सङ्घ, संस्थाहरूले पनि उत्साहपूर्ण ढङ्गले सहयोग गरिरहनुभएको छ । यसप्रति म खुसी व्यक्त गर्न चाहन्छु । र राजनीतिक दलहरूले पनि यसमा सहयोगको हात बढाइरहनुभएको छ । धन्यवाद भन्न चाहन्छु । र के विश्वास दिलाउन चाहन्छु भने सरकारले यस कामको लिड लिनेछ । र प्रभावकारी ढङ्गले यसको समाधानको अगुवाइ पनि गर्नेछ । सरकारले एक्लै गर्छ म भन्दिन । अगुवाइ गर्छ, सरकारले लिड गर्छ ।’

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्