भन्सार नतिरी सामान ल्याउने तीन जना सशस्त्र प्रहरीलाई विभागीय कारबाही

शनिबार, असोज १९, २०८१
honor mob  winter sales

कैलाली सुदूरपश्चिम प्रदेशमा सशस्त्र प्रहरीले विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोजेको आरोपमा आफ्नौ सशस्त्र प्रहरी बलकै तीन कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ।

Honor x7 pad

मद्धति सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुवरलाई नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारबाही अगाडि बढाएको सशस्त्र प्रहरीले जनाएको छ।

ती कर्मचारीले अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको भेटिएकाले उनीहरुलाई विभागीय कारबाही सुरु गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनीहरूलाई नं.३४ गण कैलालीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए।

डीआईजी न्यौपानेका अनुसार त्रिनगर नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूलाई अनावश्यक दुख दिएको र पैसा समेत असुलिएको भन्ने गुनासोका आधारमा नं. ३४ गण कैलालीले सूक्ष्म निगरानी गरेको छ।

सिमा नाकामा आवतजावत गर्ने व्यक्तिहरूलाई दुख, हैरानी दिनेतर्फ ध्यान दिँदै सशस्त्र प्रहरीका अधिकृतहरूले सादा पोशाकमा खटिएर अनुगमन समेत गरिरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्