चाडपर्वलाई लक्षित गर्दै वाणिज्य कार्यालयले पार्‍यो बाँकेमा बजार अनुगमनलाई तिब्रता

बुधबार, असोज १६, २०८१
honor mob  winter sales

बाँके । नेपालगन्जस्थित वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चाडपर्वलाई लक्षित गरेर बाँकेमा बजार अनुगमनलाई तिब्रता दिएको छ।

Honor x7 pad

आम जनमानसमा प्रत्येक्ष सरोकार पर्ने विषयमा चाडपर्वको समयमा अखाद्य वस्तुको विगविगी र बजार महँगो भएको जनगुनासो बढेपछि एक हप्ता अघिमात्र वाणिज्य कार्यालयको प्रमुखमा सरुवा भएर आएका प्रमुख हरिबहादुर खत्रीले बजार अनुगमनलाई तिब्र पारेका हुन् ।

अनुगमनका क्रममा बाँकेको जानकी गाउँपालिकाका विभिन्न पसलहरुमा गरिएको अनुगमनका म्याद गुज्रेका अखाद्य वस्तु र पसलहरु दर्ता नभई सञ्चालन भएको पाइएको वाणिज्य प्रमुख खत्रीले बताए।

अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रिएका वस्तुहरु, दर्ता नै नभएका व्यवसायहरु सञ्चालनमा आएको भेटिएको हुँदा  जानकी-६ गनापुरमा रहेको वण्डरल्याण्डको राएरा रेष्टुरेन्ट एण्ड बार र सोही ठाउँमै रहेको बिनोद किराना पसल गरी अन्य केही पसललाई ३५ हजारसम्म जरिवानाना समेत गरी उनीहरुलाई सचेत गराइएको खत्रीले जानकारी दिएका छन् । अब उपरान्त यस्तो पुनः भेटिएमा कानुन वमोजिम कडा कारवाही गरिने खत्रीले बताए।

त्यस्तै अनुगमनका क्रममा मासु पसलमा सरसफाईमा कमी रहेको र सरसफाई राम्रोसँग गर्न तथा खानेकुराहरुलाई छोपेर राख्न निर्देशन दिइएको  वाणिज्य प्रमुख खत्रीले बताए ।

धेरैजसो मासु पसलहरुमा व्यवसायीहरुले भारतबाट खुल्लारुपमा चोरी निकासी गरी ल्याउने कुखुराका कारण नेपाली व्यवसायीहरु मारमा परेको गुनासो अनुगमनका क्रममा गरिएको थियो। उक्त समस्याको गुनासो सुन्दै खत्रीले सम्बन्धित सरोकारवाला निकायलाई चोरीपैठारी बारे जानकारी तत्कालै गराइने जानकारी गराएका हुन् ।

खत्री नेतृत्वको टोलीले जानकी अनुगमनका  क्रममा उपभोग्य वस्तुमा मिसावट, म्याद गुज्रेको र फोहोर समेत भेटिएकोले पालिकाको कार्यविधि अनुसार मापदण्ड बनाई विक्रिवितरण गर्न व्यवसायीहरुलाई सुझाब दिइएको हो।

खत्रीले दर्ता नभई गैरकानुनीरुपमा सञ्चालन भएका व्यवसायलाई दुई हप्ताभित्रमा कानुनी प्रक्रियामा ल्याई दर्ता पुरा गर्न सम्बन्धित सबैलाई आग्रह समेत गरिएको बताए।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्