हाइअलर्टमा रहन गृहमन्त्रीको निर्देशन

बुधबार, असोज १६, २०८१
honor mob  winter sales

काठमाडौँ । कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरुलाई निर्देशन दिएका छन् ।

Honor x7 pad

गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्देशन दिएको छु’, उनले भने ।

थप समन्यव र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए । 

मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले देशका धेरै राजमार्गहरु अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्